श्रीमतीलाई सुत्केरी गराउन अस्पताल लगेका पुरुष छतबाट हामफालेपछि …

श्रीमतीलाई सुत्केरी गराउन प्रसूति गृह थापाथली लगेका एक पुरुष सोही अस्पतालको एक तलामाथिबाट हामफालेका छन्। काठमाडौंको चावहिल बस्ने ३९ वर्षीय स्वयम् तामाङ अस्तपालको एक तलामाथिबाट हामफालेका हुन्।

प्रहरीका अनुसार उनले शुक्रबार बिहानको राति २ बजे आफ्नी गर्भवती श्रीमतीलाई सो अस्पताल भर्ना गरेका थिए । मानसिक तनावका कारण उनी अस्पतालको एक तलामाथिबाट हामफालेको प्रहरीले जनाएको छ।

उनको दाहिने खुट्टामा रडले काटेर गहिरो चोट लागेको छ। यस्तै दुवै हातमा पनि सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते उनलाई प्रहरी वृत्त सिंहदरबारबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि सुन्धारास्थित राष्ट्रिय ट्रमा सेन्टरमा पठाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर