मन्त्रिपरिषद् बैठक नबस्दा सशस्त्रमा एआईजी बढुवा राेकियाे

सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) बंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएको तीन हप्ता बितिसकेको छ। तर, मन्त्रिपरिषद् बैठक नबस्दा उनको अझैसम्म बढुवा हुन सकेको छैन।

दाहाललाई असोज ६ गते बसेको बढुवा समितिको बैठकले एकल बढुवा सिफारिस गरेको थियो। नियमानुसार बढुवा सिफारिस भई उजुरी आह्वान भएको सात दिनभित्र उजुरबाजुर नपरे बढुवा हुने गर्छ। त्यसका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ। तर, मन्त्रिपरिषद् बैठक नबस्दा दाहालको बढुवा राेकिएकाे हाे।

सशस्त्र मुख्यालय स्राेलले दाहालको बढुवा सिफारिसविरुद्ध तोकिएको म्यादमा कुनै उजुरी नपरेको र मन्त्रिपरिषद् बैठक नबसेकै कारण उनको बढुवा राेकिएकाे जनायाे।

‘उहाँ (डीआईजी बंशीराज दाहाल) को बढुवा सिरफारिसविरुद्ध कुनै उजुरी परेको छैन,’ स्राेतले पर्दाफाससँग भन्याे, ‘मन्त्रिपरिषद् बैठक नबसेका कारण उहाँको बढुवा राेकिएकाे हो।’

र, याे पनि-

सशस्त्र प्रहरीका डीआईजी बंशीराज दाहाल एआईजीमा बढुवा सिफारिस

सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी दरबन्दी थप गरेको हो । योसँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण (ओ एण्ड एम) अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ । जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् ।

उपत्यका बाहिनीमा रहेका डीआईजी दाहाल बढुवा वरीयतामा एक नम्बरमा थिए । उनका प्रतिस्पर्धी किशोर प्रधान थिए ।

सशस्त्र प्रहरीमा डीआईजी दाहाल हालका महानिरीक्षक राजु अर्यालकै ब्याची हुन् । उमेरका कारणले उनीसमेत महानिरीक्षक अर्यालपछि सशस्त्र महानिरीक्षक दौडमा मिसिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *