बेरोजगारको समस्या समाधानका लागि मेरो उम्मेदवारी : विनोद चौधरी

नेपाली कांग्रेसका केन्दी्रय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

शुक्रबार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरूको समस्या समाधानमा सहयोग गर्न आग्रह गरे । उनले अब योजना र भिजन भएका युवाहरू राजनीतिमा आउनुपर्ने बताए ।

चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनका लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरूको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए । युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको उनले बताए । चौधरीले सबै चार्टर्ड एकाउण्टेन्ट्सहरूलाई भेटेर भोट माग्ने आकांक्षा रहे पनि स्म्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा रहेको बताए ।

चौधरीले आफूले चार्टड अकाउण्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । उनले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको बताए ।

चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपुर प्रयोग गरेको बताए । उनले आफूलाई धन सम्पत्तिको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको बताए ।

उनले नेपालमा बहुमतको सरकार आए पनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गरे । चौधरीले नेपालमा धेरै राजनीतिक परिवर्तन भए पनि देशको अवस्था नबद्लिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर