निर्वाचनमा आ-आफ्नो इलाकाको सुरक्षा व्यवस्था मजबुत बनाउन आईजीपी सिंहको निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरूलाई शुक्रबार बिहान निर्देशन दिनुका साथै परिचालन कक्ष र सीसीटीभी मनिटरिङ कक्षको अवलोकन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो इलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिए ।

निर्वाचन संवेदनशील भएको स्मरण गराउँदै सुरक्षा योजनाअनुसार सर्च अपरेशन बढाई आपराधिक घटना रोकथाम तथा न्यूनीकरण गर्नका लागि गुण्डागर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लबहरूलगायतमा हुनसक्ने ‘ग्याङ फाइट’हरूलाई पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन दिँदै काठमाडौं उपत्यकाको प्रहरी देशकै प्रेरणााको स्रोतका रूपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि निर्देशन दिए ।

सिंहले गुण्डागर्दी, ग्याङ फाइटहरू तथा विभिन्न आपराधिक गतिविधिहरूप्रति कठोर भई कानूनी दायरामा ल्याउन भन्दै सांगनिक र विभागीय नीतिबमोजिम कानूनसम्मत ढङ्गबाट सम्पादित प्रहरी कारबाहीको जिम्मेवारी आफूले लिने बताए । उनले निर्धक्क भएर उच्च मनोबलका साथ कार्य गर्नसमेत निर्देशन दिए । आर्थिक प्रलोभनमा परी नाजायज कार्य गर्ने जोसुकै प्रहरी कर्मचारीलाई कठोर कारबाही गर्नेसमेत उनले बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रवीन्द्रबहादुर धानुकले समसामयिक विषयमा प्रहरी महानिरीक्षक सिंहले उपत्यकाका कार्यालय प्रमुखहरूलाई महत्त्वपुर्ण निर्देशन दिएकोमा धन्यवाद दिँदै निर्देशनलाई अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाए ।

निर्वाचनलाई सफल बनाउन उपत्यका निर्वाचन सेल र जिल्ला निर्वाचन सेलले कार्य गरीरहेको जानकारी दिँदै उनले आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसामा शून्य सहनशीलतामा प्रहरी कारबाहीलाई अगाडि बढाउन र कमीकमजोरीलाई सुधार गर्दै बोलीवचन र व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकबाट समय समयमा भएका निर्देशन पालना गरिरहेको र मातहतसमेतमा आवश्यक निर्देशन दिइने गरेको र सोहीअनुसार कार्य गरिरहको बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक तथा सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर