मन्त्रिपरिषद्को निर्णय : सेनाका सहायक रथीको म्याद थप, प्रमुख सेनानीहरूको बढुवा

सरकारले नेपाली सेनाका सहायक रथी विजय थापाको पदावधि थप गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी थापाको पदावधि २०८० असोज १ गतेसम्मलाई थप गर्ने निर्णय गरेको हो। सहायक रथी थापा यसै महिना हुने उपरथी बढुवाको सूचीमा पहिलो नम्बरमा समेत छन्।

यस्तै सरकारले नेपाली सेना सैनिक हवाई सेवा पाइलट समूहका प्रमुख सेनानी सुवास खड्कासहित चार पाइलट प्रमुख सेनानीहरूलाई महासेनानी दर्जामा कार्यवाहक बढुवा गरी पदस्थापना गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी नेपाली सेना सैनिक साधारण सेवा समूहका महासेनानी राजेन्द्रप्रसाद सुनुवारलाई अवकाश हुने मितिभन्दा एक महिना अघिदेखि लागू हुनेगरी सोही सेवाको सहायक रथी दर्जामा विशेष बढुवा गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर