गौतमबुद्ध विमानस्थलमा नयाँ राेजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउँछन् : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले प्राथमिकता पाउने बताएका छन् ।

रूपन्देही क्षेत्र नम्बर ३ मा पाँचदलीय गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य खाणले स्थानीयले आफ्नो जग्गा उपलब्ध गराएपछि मात्र एयरपोर्ट निर्माण सम्पन्न भएकाले विमानस्थलमा नयाँ रोजगारी खुल्दा स्थानीयले योग्यताअनुसारको रोजगारीमा प्राथमिकता पाउने बताएका हुन् ।

गृहमन्त्री खाणले एयरपोर्ट निर्माण हुँदा जसको जग्गा अधिग्रहणमा परेको छ, त्यो परिवारका सदस्यलाई विमानस्थलमा रोजगारीमा योग्यताअनुसार प्राथमिकतामा राख्न सरकार प्रतिबद्ध रहेको बताए । यसबारे आफूले गौतमबुद्ध विमानस्थल प्रमुख र नागरिक उड्डयन प्राधिकरणसँग कुरा गर्ने उनको भनाइ थियो ।

मुलुकका प्रधानमन्त्री, मन्त्री, प्रशासक, सुरक्षा निकाय जनाताका सेवक भएकाले सदैव जनताको सेवामा लाग्नुपर्ने गृहमन्त्री खाणले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर