मंसिर मसान्तसम्म लम्बियो चार वस्तुको आयात प्रतिबन्ध

विदेशी मुद्राको सञ्चितिमाथिको दबाब कायमै रहेको भन्दै सरकारले चार प्रकारका वस्तुको आयातमा लगाएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो।

सबै प्रकारका मदिरा, तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोन, जीप, कार, भ्यान र एक सय ५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको हो। यस सम्बन्धी सूचना शुक्रबारको राजपत्रमा प्रकाशित भएको छ ।

सरकारले ढुकुटीमा विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुमा असार मसान्तसम्म आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।

उक्त प्रतिबन्धलाई थप कडाई गर्दै सरकारले ३१ असारमा प्रतिबन्ध लम्याएको थियो । तर, १४ भदौमा कुरकुरे, हिरालगायतका ६ प्रकारका वस्तुको प्रतिबन्ध फुकुवा गर्दै गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्धलाई यथावत् राखेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर