देशको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको छ : कृष्णबहादुर महरा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको संसदीय व्यवस्था गलत दिशातिर गइरहेको बताएका छन् । शनिबार वाम–लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उपाध्यक्ष महराले संसदीय व्यवस्था जनतालाई समृद्ध बनाउने, जनताको सम्पन्नतालाई पूरा गर्ने दिशातिर जानुपर्नेमा अन्त कतै गइरहेको हो कि भन्दै प्रश्न गरे । उनले नेपाल आर्थिक रूपमा बिस्तारै कमजोर बनिरहेको पनि दाबी गरे ।

उनले नेपालको व्यवस्थाप्रति समेत नकारात्मकता आउन थालेको उल्लेख गर्दै देशको व्यवस्था नकारात्मकतातिर जानुमा तत्कालीन नेकपा एमालेको सरकार केपी शर्मा ओलीको नेतृत्वको दोष रहेको आरोप लगाए । उनले ओली सरकारले गरेको गलत कामलाई सम्हाल्न अहिलेको सरकारलाई गाह्रो भइरहेको भन्दै अहिले प्रतिगमन सच्याउने र संविधानसंगत बाटोमा हिँडाउनुपर्ने मुख्य आवश्यकता भएको जिकिर गरे । उनले नेकपा एमालेसहितको गठबन्धनलाई प्रतिगमनकारीहरूको गठबन्धन भएको आरोप पनि लगाए ।

उपाध्यक्ष महराले नेपालमा विदेशी लगानी कमजोर बन्दै गइरहेको बताए । उनले नेपालले आफ्नो स्रोत साधनको उचित प्रयोग गरेर विदेशी लगानी भित्र्याउनुपर्नेमा जोड दिन आवश्यक रहेको बताए । उनले अहिले देशलाई समृद्धिको दिशामा लैजान आवश्यक रहेको र देशको स्रोत साधनलाई प्रयोग गर्नसके देशको समृद्धि निश्चित रहेको बताए ।

उपाध्यक्ष महराले प्रतिगमनकारी शक्तिहरू अहिले पनि सल्बलाइरहेको भन्दै प्रतिगमनलाई परास्त गर्न गठबन्धन अहिले पनि उत्तिकै आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर