माछापुच्छ्रे बैंकको शाखारहित केन्द्रबाट रकम हिनामिना गर्ने पाठक र ठाकुर कानूनी दायरामा

माछापुच्छ्रे बैंकले शाखारहित बैंकिङ केन्द्रबाट रकम हिनामिना गर्ने निरञ्जन पाठक र सिकन्द्र ठाकुरलाई कानूनी दायरामा ल्याइएको जनाएको छ ।

सो बैंकले रूपन्देहीको मुजहाना र रोइनिहवामा स्थानीय सर्वसाधारणहरूलाई सर्वसुलभ तरिकाले बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकेका शर्तहरूको अधीनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकाले उक्त सेवा बन्द गरिएको बैंकले जनाएको छ ।

सो क्षेत्रका व्यावसायिक प्रतिनिधि निरञ्जन पाठक र सिकन्द्र ठाकुरले विभिन्न व्यक्तिहरूबाट बुझी लिएको रकम सिस्टममार्फत नै भौचर प्रिन्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा बैंक भौचरको अनधिकृत प्रयोग गरी हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाइन सिस्टममार्फत रकम जम्मा नै नगरी आफैं रकम राख्ने गरेकाले उनीहरूलाई कानूनी दायरामा ल्याइएको बैंकले जानकारी दिएको छ ।

पाठक र ठाकुरले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरेको स्वीकार गरेको बैंकले जनाएको छ । सो कार्यबाट अन्य कोही पीडित भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट कानूनी उपचारका प्रक्रियामा सहभागी हुन पनि बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *