लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रका लागि मुलुकमा राजनीतिक स्थायित्व र सुशासन कायम राख्न आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र व्यास नगरसमितिद्वारा तनहुँमा आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई खतरामा पार्ने खेल भइरहेको बताए ।

वरिष्ठ नेता पौडेलले अधुरा काम पूरा गर्न आफ्नो उम्मेदवारी रहेको बताए । गाउँमा विकास र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता हो भन्दै नेता पौडेलले विदेशिने युवा शक्तिलाई स्वदेशमा बस्ने वातावरण बनाउनुपर्ने बताए ।

गठबन्धन सत्ताका लागि नभई देशमा सुशासन कायम गर्न, प्रजातन्त्रको स्थायित्व कायम गर्न र भ्रष्टाचारलाई निरुत्साहित गर्न भएको उनले बताए । देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढिएको उनले बताए ।

सो अवसरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुवै राजनीतिक दलका कार्यकर्ता इमानदार भएर लागेको अवस्थामा जित सुनिश्चित रहेको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदेश आन्तरिक मामिलामन्त्री डोवाटे विक, समानुपातिक उम्मेदवार श्यामकुमार मौरतीलगायतका वक्ताले गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *