सशस्त्र प्रहरीद्वारा गाँजासहित भारतीय नागरिक पक्राउ

सर्लाही जिल्लाको मलंगवा नगरपालिका–१ भैडैयास्थित सीमा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले करिब १० के.जी. गाँजासहित भारत घर बताउने २७ वर्षीय नूर मोहमदलाई पक्राउ गरेको छ।

बी.आर. ३० जेड ६४६६ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल बीओपी खुटौनाले पक्राउ गरेको हो।

पक्राउ परेका मोहमदलाई बरामद गाँजा तथा मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको बीओपी खुटौनाले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर