संस्कृतिविद् सत्यमोहन जोशीको निधन

संस्कृतिविद् सत्यमोहन जीशीको आइतबार बिहान निधन भएको छ । उनी १ सय ३ वर्षका थिए । उनको ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा बिहान करिव सवा सातबजे निधन भएको हो । उनको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समयमा उनलाई युरिन इन्फेक्सन र छातीमा निमोनिया देखिएको थियो । १९७७ बैशाख ३० गते ललितपुरको  बखम्बहाल, ललितपुरमा जन्मिएका जोशी मदन पुरस्कार ३ पटक प्राप्त गर्ने साहित्यकार हुन् । उनले २०१३, २०१७ र २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए। उनीहरुलाई वाङयम शताब्दी पुरुषको उपाधि दिइएको थियो ।  उनको लेखन, इतिहास र संस्कृतिमाथि पकड रहेको थियो । मदन पुरस्कारको अतिरिक्त सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्तिपट्ट, आदिकवी भानुभक्त पुरस्कार, उज्ज्वल कीर्तिमान राष्ट्रदीपसहितका विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर