भक्तपुरको मध्यपुरठिमीमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

शनिबार राति १०ः१५ बजे मध्यपुरठिमी नगरपालिक–६, बाहाखा भीमसेन चोकमा सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

सो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट घर भई हाल काठमाडौंको कपन बस्ने ३१ वर्षका दीपेन्द्र पण्डितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु पाण्डेले जानकारी दिए।

कोरियन अस्पताल ठिमीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल माइतीघर पठाइएकोमा उनको सोही अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ५ः५० बजे मृत्यु भएको डीएसपी पाण्डेले बताए।

घटनास्थलमा प्रहरी वृत्त ठिमीबाट अनुसन्धान अधिकृतसहितको टोली खटिएर अनुसन्धान गरेको थियो। दुर्घटनामा परेका दुवै सवारी साधन र ट्याक्सी चालक भक्तपुर नगरपालिका–१० का ३९ वर्षीय सुन्दर गोर्खाली वृत्त ठिमीको नियन्त्रणमा रहेका र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर