प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका नेपाली सेनाका खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ।

प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखरा–१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर