रुसी सैन्य स्थलमा आतंकवादी हमला, ११ को मृत्यु, १५ घाइते

बेल्गोरोड क्षेत्रमा रुसी सैन्य स्थलमा शनिबार भएको आतङ्कवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् ।

युक्रेननजिकैको रुसी सेनाको सैन्य स्थलमा दुई स्वयंसेवी सैनिकले अन्य सेनामाथि गोली हानेका रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमा उक्त गोलीबारी युक्रेनसँग सीमा जोडिएको दक्षिणपश्चिमी रुसको बेल्गोरोड क्षेत्रमा भएको जनाएको छ । अज्ञात भूतपूर्व सोभियत राष्ट्रका दुई स्वयंसेवकहरूले लक्ष्य अभ्यासको क्रममा अन्य सैनिकहरूलाई गोली हानेको र जवाफी गोली प्रहारमा मारिएको जनाइएको छ । मन्त्रालयले यस घटनालाई आतङ्कवादी हमला भनेको छ ।

रुसी रक्षा मन्त्रालयलाई उधृत गर्दै तास समाचार समितिले पश्चिमी सैन्य जिल्लामा प्रशिक्षण सत्रको क्रममा शनिबार आक्रमण भएको जनाएको छ । बन्दुकधारीहरू पूर्व सोभियत राज्यहरूका थिए । रुसी अधिकारीहरूले उक्त हमलालाई आतङ्कवादी कार्यको संज्ञा दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर