बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ब्रजेश उपाध्याय पक्राउ

प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थायी घर भई काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ५० वर्षीय ब्रजेश उपाध्यायलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी)कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

एसपी कोइरालाका अनुसार प्रतिवादी उपाध्यायलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा गत साउन २३ गते जाहेरवालालई २ करोड ६१ लाख ५५ हजार १७५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना, क्षतिपूर्ति शुल्क १० लाख ४६ हजार २०७ रुपैयाँ पीडित राहत कोषमा जम्मा गराउन आदेश दिँदै दुई महिना पन्ध्र दिन कैद हुने फैसला सुनाएको थियो।

त्यसयता फरार रहेका उपाध्यायलाई नक्सालबाट आइतबार पक्राउ गरी आइतबार नै फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको एसपी कोइरालाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर