डेंगु संक्रमणका कारण नेपाल प्रहरीकी सहायक हवल्दारको मृत्यु

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी सहायक हवल्दार सुजाता केसीको डेंगु संक्रमणका कारण मृत्यु भएको छ।

गोरखाको गोरखा नगरपालिका–५ सतिपीपल घर भएकी २७ वर्षीया हवल्दार केसी असोज २३ गतेदेखि सात दिन घरबिदामा थिइन्। ज्वरो आएपछि असोज २६ गते जिल्ला अस्पताल गोरखा लगेर जाँच गर्दा उनमा डेंगुको संक्रमण पुष्टि भएको थियो।

त्यसपछि सोही अस्पतालमा उनकी आमाको निगरानीमा उनको उपचार भइरहेकोमा असोज २९ गते बुधबार बिहान १०ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *