प्रहरी दिवसमा पूर्वएआईजी सिंहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रबहादुर सिंहले प्रहरीको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्राप्त गरेका छन् ।

सोमबार ६७औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा पूर्वएआईजी सिंहलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

३९ वर्ष नेपाल प्रहरीमा सेवा गरेका सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड प्रदान गरेका हुन् ।

पूर्वएआईजी सिंहले अमेरिकाको भर्जिनियास्थित एफबीआई एकेडेमीबाट ‘नेशनल एकेडेमिक ग्राजुएशन’ र बेलायतको लेस्टर विश्वविद्यालयबाट ‘फौजदारी न्याय तथा प्रहरी व्यवस्थापन’ विषयमा पोष्ट ग्राजुएट सर्टिफिकेशन कोर्स पूरा गरेका थिए ।

उनले २०६३ सालमा अवकाश प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर