देउवा र म मिलिसक्यौं : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई पक्षका कार्यकर्ता एकआपसमा भिडेर केही पनि प्राप्त नहुने बताएका छन् ।

उनले सभापति शेरबहादुर देउवा र आफू मिलिसकेको पनि बताएका छन् ।

मोरङको हरैंचामा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता कोइरालाले कार्यकर्तालाई विवाद नगर्न सुझाव दिए ।

‘स्थानीय निर्वाचनमा के भयो, महाधिवेशनमा के भयो, त्यो तुषलाई तपाईंहरू सबैले त्याग्नुस्,’ उनले भने, ‘तुष मैले त त्यागिसकेँ । तपाईंहरूले किन नत्याग्ने?’

१४ औं महाधिवेशनमा सभापतिका लागि देउवा र आफू पक्षधर तलैबाट लड्दै केन्द्रसम्म प्रतिस्पर्धा गरेको उनले सुनाए । ‘जब शेरबहादुर देउवा जी र म नै मिलिसकेपछि वडामा तपाईंहरू किन झगडा गर्नुहुन्छ ?’ कार्यकर्तालाई उनले प्रश्न गरे, ‘किन झगडा गर्नुभएको छ, मैले बुझ्न सकेको छैन ।’

प्रतिस्पर्धा तलदेखि देउवासँग आफ्नो भएको र त्यो लडाइँ अब समाप्त भइसकेको उनले बताए । ‘शेरबहादुर देउवा र म एकै ठाउँमा उभिएका छौं । पटकपटक शेरबहादुर जीसँग मैले भेटिरहेको छु,’ कोइरालाले भने, ‘मेरा कुरा सुनिरहनु भएको छ । मेरो कुरा मानिरहनुभएको छ । तर, तपाईंहरू तल किन लडिरहनुभएको छ, मैले बुझिरहेको छैन । केको लागि लडिरहनुभएको छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर