संस्कृतिविद् जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

सरकारले वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको निधनको शोकमा कात्तिक १ गते मंगलबार भोलि सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर