६७औं प्रहरी दिवसमा पुरस्कृत हुने यी हुन् प्रहरी अधिकारी र जवान

नेपाल प्रहरीले सोमबार ६७औं स्थापना दिवस मनाएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष समारोह आयोजना गरिएको थियो ।

नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत सहभागी थिए ।

कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवार, विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

दिवंगत प्रहरीहरूको सम्मानमा निर्मित स्तम्भमा आगन्तुकहरूले माल्यार्पण पनि गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीले ड्रोनमार्फत् प्रहरी दिवसको ब्यानर उडाएको थियो । कार्यक्रममा पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा योगदान पुर्‍याएबापत प्रहरी नायब उपरीक्षक अनिलकुमार घिमिरेलाई पूर्ण शान्ति पुरस्कार र साहसिक तथा जोखिमपूर्ण कार्य गरेबापत प्रहरी निरीक्षक दीपक थापालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरेका छन् ।

सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्यांङ्कन (पुलिस ब्याटन) २०७९ अन्तर्गत आ–आफ्नो विधामा उत्कुष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइराला, मधेश प्रदेश तालिम केन्द्र राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र केसी, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा, जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक दिलीप घिमिरे, प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक अंगुर जीसी, इलाका प्रहरी कार्यालय दुहवी सुनसरीका प्रहरी निरीक्षक जयदेव माझी, प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठ र प्रहरी चौकी चौघडा मकवानपुरका प्रहरी नायब निरीक्षक रामशरण दुलाललाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गरे ।

प्रहरी महानिरीक्षक सिंहले उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवर र प्रहरी नायब निरीक्षक मदनराज स्याङ्बो, उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक नरेश शाही, उत्कृष्ट विपद् उद्धारक प्रहरी नायब निरीक्षक सूर्य संह थापा, सपोर्टिभ समूह (प्राविधिक)तर्फ प्रहरी उपरीक्षक पुष्करराज भट्ट, प्रहरी निरीक्षक शर्मीला भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्ण बानियाँ, प्रहरी नायब निरीक्षक मणिभूषणकुमार झा, प्रहरी नायब निरीक्षक कोपिला केसी, प्रहरी हवल्दार रामबहादुर गुरुङ, प्रहरी हवल्दार तुलाराज मुक्तान, प्रहरी हवल्दार विष्णु सुवाल र प्रहरी कार्यालय सहयोगी बालकुमारी पुनलाई कदरपत्र एवम् पुरस्कार प्रदान गरे ।

यसैगरी जोखिमपूर्ण कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी वरिष्ठ हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट खेल प्रशिक्षक तथा खेलाडीतर्फ प्रहरी सहायक हवल्दार राकेश महर्जन, प्रहरी जवान कमला पुन, प्रहरी जवान चन्द्रकला लामगादे र नेपाल प्रहरी पुरुष क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी, उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का र प्रहरी हवल्दार महेन्द्र खत्री क्षेत्री र उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक किरण तामाङलाई कदरपत्र एवम् पुरस्कार प्रदान गरे ।

यसैगरी प्रहरी महानिरीक्षक सिंहले प्रहरी द्वैमासिक पत्रिकामा गत एक वर्षभित्र प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे र सर्वसाधारणतर्फ काठमाडौं चावहिलका अच्यूतप्रसाद पौडेल ‘चिन्तन’लाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे ।

साथै उनले नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने १५ जना जग्गादाताहरू र नेपाल प्रहरी स्मारक गुठीका १२ जना आजीवन सदस्यहरूलाई कदरपत्र प्रदान गरे ।

यसैगरी नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याएबापत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सिंहदरवार, नेपाल टेलिकम केन्द्रीय कार्यालय, एनसीएल अक्षता लिमिटेडका प्रतिनिधिहरू, केल्ली स्पोर्ट्स प्रालिका म्यानेजिङ डाइरेक्टर उत्तम न्यौपाने, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जका मेडिकल डाइरेक्टर डा.राेमन किदवाई, जनकपुर उपमहानगरपालिका–८ वाल्मिीकिनगरका अमरचन्द्र अनिललाई प्रशंसापत्र प्रदान गरे ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट वि.सं. २०७७ र २०७८ को संविधान दिवसको अवसरमा प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको नेपाल प्रताप सुभूषण ३७ जना, नेपाल प्रताप आभूषण २५ जना, नेपाल प्रताप भूषण २० जना, राष्ट्र सेवा पदक प्रथम श्रेणी १ जना र वीरता पदक २ जनालाई प्रदान गरे ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले पुरस्कृत हुनु विशुद्ध निष्ठा र कर्तव्यपरायणताको मूल्याङ्कन भएकाले आगामी दिनहरूमा अझै बढी लगनशील र कर्तव्यनिष्ठ भई अनुकरणीय कार्यसम्पादन गर्नुपर्ने बताए । पुरस्कार प्रोत्साहन भएको र पुरस्कृत नहुँदैमा विचलित हुन नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले संगठनको गरिमा उँचो बनाउन व्यावसायिक निष्ठा प्रदर्शन गर्ने अन्य उत्कृष्ट प्रहरी कर्मचारीहरूले कर्तव्यपालनामा तल्लीन र धैर्यता राखेमा भविष्यमा पुरस्कृत हुने अवसर पाउने बताए ।

प्रहरीलाई शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने क्रममा विभिन्न विधामा सहयोग गरी समग्र संगठनलाई गुन लगाएका सहयोगीजनप्रति कृतज्ञता व्यक्त गर्दै ती सहयोगबाट नेपाल प्रहरीलाई आफ्नो लक्ष्य प्राप्ति गर्न ठूलो सहयोग पुगेको उनले बताए । प्रहरी महानिरीक्षक सिंहले आम सर्वसाधारणको प्रहरीप्रति सहयोग र विश्वास हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीमा भएको असल चरित्रहरूलाई अझ प्रगाढ बनाउन संगठन सदैव प्रयासरत रहेको बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर