बागमतीमा गठबन्धनले बहुमत ल्याए इन्द्र बानियाँ बन्ने छन् मुख्यमन्त्री

आसान्न प्रतिनिधिसभा तथा प्रदेससभाको चुनाव नजिकिदै जाँदा प्रदेसका मुख्यमन्त्रीको बारेमा चर्चा सुरु भएको छ । राजधानी काठमाडौंसहित १३ वटा जिल्ला रहेको बागमती प्रदेसको संभावित मुख्यमन्त्री बारेमा चर्चा सुरु भएको हो ।
प्रदेससभामा अहिले प्रतिनिधित्व रहेको मध्ये ४ वटा दलहरु नेकपा एमाले,नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्रीमा ६ नेताको चर्चा रहेको छ ।
कांग्रेस संसदीय दलका निवर्तमान नेता तथा बागमती प्रदेस समितिका सभापति इन्द्र बानियाँ, कांग्रेस नेता आनन्दराम पराजुली,एमालेबाट प्रदेशसभाका पहिलो सभामुख सानुकुमार श्रेष्ठ र स्थायी कमिटीका सदस्य देवीप्रसाद ज्ञवाली, मा‌ओवादी केन्द्रबाट आर्थिक मामिला मन्त्री शालिकराम जमकट्टेल र एकीकृत समाजवादीकोतर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्ण खनाल रहेका छन् ।
मुख्यमन्त्रीको दौडमा बानियाँ अग्रपङ्तीमा रहेका छन् । एमाले विभाजनपछि प्रदेशमा नयाँ सरकार गठन हुँदा सत्तारुढ गठबन्धनमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र कांग्रेसका इन्द्र बानियाँबीच बाँकी कार्यकाल आधाआधा बढ्ने सहमति भएको थियो । तर पछि सम्झौता कार्यान्वयन भएन । एकीकृत समाजवादीले बागमती छाड्नु परे सुदुर पश्चिमको मुख्यमन्त्री चाहिने अडान राखेपछि सम्झौता कार्यान्वयन भएन । बागमतीको मुख्यमन्त्री परिवर्तन हुँदा सबै प्रदेशमा सरकार परिवर्तन गर्नुपर्ने परिस्थिति सिर्जना हुँदा सत्ता गठबन्धनले परिवर्तन नगर्ने निर्णय गरेको थियो । त्यसै समयमा बानियाँलाई नेतृत्वले मंसिरको चुनावपछि बन्ने सरकारको नेतृत्व दिने आवश्वास दिएर थुमथुम पारेको थियो ।
बानियाँ मकवानपुर २ (२)बाट उम्मेदवार रहेका छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका पूर्व गृह राज्यमन्त्री समेत रहेका बानियाँ गठबन्धनको बहुमत प्राप्त गरेसँग मुख्यमन्त्री बन्ने संभावना सबैभन्दा बढी छ । बानियाँसँग राजनीतिक गर्दै आएका पराजुली पनि मुख्यमन्त्रीको आकाक्षी हुन् । उनी मकवानपुर १ (२)बाट उम्मेदवार रहेका छन् ।
निर्वतमान सभामुख सानु श्रेष्ठ एमालेकोतर्फबाट मुख्यमन्त्रीको दावेदार हुन् । उनी काठमाडौं २ (१)बाट उम्मेदवार रहेका छन् । त्यसैगरी चितवन २ (२)बाट उम्मेदवार रहेका देवी ज्ञवाली पनि मुख्यमन्त्रीको दावेदार हुन् ।
माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल धादिङ १ (२)बाट उम्मेदवार रहेका छन् । उनी अहिले प्रदेशको आर्थिक मामिला सम्बन्धी मन्त्री रहेका छन् । त्यसअघि उनी आन्तिक मामिला र कानुन मन्त्री रहेका थिए ।
एकीकृत समाजवादीका कृ्ष्ण खनाल पनि मुख्यमन्त्रीको आकाक्षी हुन् । उनी चितवन १ (२)बाट उम्मेदवार रहेका छन् । खनाल अहिले प्रदेश सरकारमा आन्तिम मामिला तथा कानून मन्त्री रहेका छन् । एकीकृत समाजवादीका उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेपछि सो दलका तर्फबाट एक मात्रै प्रतिस्पर्धा खनाल बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर