झापा १ मा विश्वप्रकाश शर्माले चुनाव जित्ने यस्तो छ अंकगणित

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका महामन्त्री एवम् लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा उम्मेदवार छन्। स्वच्छ छविका नेता शर्मा जनतामाझ लोकप्रिय नेता हुन्।

यस क्षेत्रमा प्रतिनिधि सभामा महामन्त्री शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वकानूनमन्त्री अग्नि खरेलसहित १५ जना उम्मेदवार छन्। तर, मुख्य प्रतिस्पर्धा भने शर्मा र खरेलबीच नै हुनेछ।

शर्मालाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छ भने खरेललाई राप्रपाको समर्थन छ। शर्माले आफ्नो लोकप्रियता र स्थानीय उम्मेदवार भएका कारण एमालेको ठूलो जनमत तान्न सक्छन्।

यस क्षेत्रमा कांग्रेस र गठबन्धन दलका नेताको स्थानीय चुनावको गणित शर्माले बदल्ने दाबी छ। जनप्रतिनिधि नहुँदै पनि शर्माले यो क्षेत्रको विकासमा उल्लेख्य योगदान दिएका छन्।

मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरका ९ र १० नम्बर बुद्धशान्ति गाउँपालिकाका चार वटा वडा ४, ५ , ६, ७ समेटिएको यो क्षेत्रमा १ लाख २० हजार ३७५ मतदाता छन्।

यो क्षेत्रमा उम्मेदवारी दर्तापछि भने राप्रपा मत विभाजित बनेको छ। जसको लाभ कांग्रेस महामन्त्री शर्मालाई पुग्ने देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर