जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर घुससहित पक्राउ

जिल्ला प्रशासन कार्यालय पर्साको मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव घुससहित पक्राउ परेका छन्।

यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरेको उजुरी दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो। सो उजुरीका आधारमा अख्तियारकाे हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले उनलाई सोमबार पाँच हजार रुपैयाँ घुससहित कार्यालयबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *