कांग्रेसद्वारा प्रचारप्रसारका लागि १३ उपसमिति गठन

नेपाली कांग्रेसले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि १३ वटा उपसमिति गठन गरेको छ । केन्द्रीय प्रचार–प्रसार समितिको पहिलो बैठकले विभिन्न उपसमितिहरू गठन गर्ने निर्णय गर्दै प्रमुखको जिम्मेवारी तोकेको हो ।

केन्द्रीय सदस्य डिला संग्रौलाको संयोजकत्वमा टेलिभिजन समन्वय तथा प्रचार उपसमिति, उमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन युवा प्रचार नेटवर्क, जितजंग बस्नेतको संयोजकत्वमा जिल्ला सम्पर्क समिति समन्वय प्रचार-प्रसार उपसमिति गठन गर्ने निर्णय गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी, सूचना संकलन तथा अनुगमन उपसमितिका संयोजकमा नैनसिंह महर, सामाजिक सञ्जाल प्रसार-प्रसार उपसमितिका संयोजकमा राजीव ढुंगाना, रेडियो एफएम समन्वय तथा प्रचार-प्रसार उपसमितिको संयोजकमा गंगा लक्ष्मी अवाल, सांस्कृतिक समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजकमा विद्या तिमिल्सिना, प्रवास मिडिया समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजकमा उर्मिला थपलिया रहेका छन् ।

अनलाइन मिडिया समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक किरण गिरी, प्रवास समन्वय प्रचार-प्रसार उपसमितिका संयोजक किरणराज शर्मा, छापा माध्यम समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक रमेशप्रसाद धमला, निर्वाचन विषयवस्तु उत्पादन उपसमितिका संयोजक प्रभु बुढाथोकी र खेलकूद क्षेत्र समन्वय तथा प्रचार-प्रसार उपसमितिका संयोजक कर्माछिरिङ शेर्पा मनोनित भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *