भतिजालाई गोली हानेर घाइते बनाएपछि पूर्व प्रहरीले आत्महत्या गरे

झापाको गौरादह नगरपालिकामा भतिजालाई गोली प्रहार गरेर गम्भीर घाइते बनाउने एक पूर्व प्रहरीले आत्महत्या गरेका छन् । गौरादह-८ का ३५ वर्षीय वीरेन साहले आफैंलाई गोली प्रहार गरी आत्महत्या गरेका हुन् । मंगलबार राति ८ बजेतिर घरबाट करिब ७० मिटर टाढा आफैंलाई गोली हानी आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । साँझ ६ बजे घरमा विवाद भएको थियो । सामान्य विषयमा भएको विवादले ठूलो रुप लिएपछि वीरेनले  १५ वर्षीय भतिजा हेमराजमाथि गोली चलाएका थिए ।

पेस्तोलले प्रहार गरेको गोली लागि भतिजा हेमराजको ढाडमा गम्भीर चोट लागेको छ । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट १५ थान गोली बरामद भएको प्रहरीले जनाएको छ । गोली प्रहार गरेको पेस्तोल नम्बर बिनाको रहेकाले भारतमा बनाएर ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । वीरेन पूर्वसशस्त्र प्रहरी भएको बताइएको छ । उनले तीन वर्षअघि जागिर छोडेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर