डीआईजी वंशीराज दाहाल एआईजीमा बढुवा, आजै दर्ज्यानी चिह्न लगाउने

सरकारले सशस्त्र प्रहरी बल, नेपालमा थप भएको अतिरिक्त महानिरीक्षकको दरबन्दीमा डीआईजी वंशीराज दाहाललाई बढुवा गरेको छ । मन्त्रिपिरषद्को २८ असोजको बैठकले बढुवाको निर्णय गरेपनि सार्वजनिक गरिएको थिएन।

सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले दाहालको बढुवाको पुष्टिगर्दै बुधबार नै उनलाई दर्ज्यानी चिन्ह लगाइदिने कार्यक्रम रहेको पर्दाफासलाई बताए ।

बढुवा समितिले ६ असोजमा दाहाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

सरकारले २१ भदौको मन्त्रिपरिषद् बैठकबाट सशस्त्र प्रहरीमा एउटा एआईजी दरबन्दी थप गरेको हो । योसँगै नयाँ संगठनात्मक स्वरूप निर्धारण (ओ एण्ड एम) अनुसार कार्य तथा सीमा विभाग फुटाइएको छ । जसअनुसार सीमा विभागमा बढुवा हुने एआईजीले कमाण्ड गर्नेछन् ।

उपत्यका बाहिनीमा रहेका डीआईजी दाहाल बढुवा बरियतामा एक नम्बरमा थिए । उनका प्रतिस्पर्धी किशोर प्रधान थिए ।

सशस्त्र प्रहरीमा डीआईजी दाहाल हालका महानिरीक्षक राजु अर्यालकै ब्याची हुन् । उमेरका कारणले उनी समेत महानिरीक्षक अर्यालपछि सशस्त्र महानिरीक्षक दौडमा मिसिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर