महेन्द्रनगरका तत्कालीन नगर विकास समिति अध्यक्षसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

तत्कालीन महेन्द्रनगर नगर विकास समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइलीसहित ३७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

यसरी रसाइलीसहित मालपोत कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख मालपोत अधिकृत र नापी कार्यालय कन्चनपुरका तत्कालीन प्रमुख नापी अधिकृतसहित ३७ जना छन् ।

उनीहरूले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक्री गरी सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टचार मद्दा दर्ता गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले उक्त जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ को दफा ५ बमोजिम र बोर्ड बैठकको निर्णयबमोजिम उपलब्ध गराउनुपर्नेमा अध्यक्षहरूको एकल तोक आदेशको आधारमा बोर्डको निर्णय नै नभएका तथा निर्णयमा उल्लेख नै नभएका व्यक्तिहरूसमेतलाई जग्गा उपलब्ध गराएको देखिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर