महिला हक्कीमा आर्मी च्याम्पियन

नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको महिला हक्कीमा विभागीय टोली नेपाल आर्मी विजयी भएको छ ।

बुधबार भएको फाइनल खेलको टाइ ब्रेकरमा गण्डकीलाई ३–० को गोल अन्तरले हराउँदै आर्मी विजयी भएको हो । टाइ ब्रेकरमा आर्मीको लागि सीता कुमारी चौधरी, सरस्वती तामाङ, सीतामाया बलले गोल गरे ।

त्यसअघि खेलको ९ औं मिनेटमा नेपाल आर्मीको तर्फबाट सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सविना पुन रानाले एक गोल गरिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा सकिएको हो ।

यस्तै महिला हक्कीमा प्रदेश १ लाई हराउँदै सुदूरपश्चिमले कास्य पदक जितेको छ । बिहान भएको पहिलो खेलमा सुदूरपश्चिमले २–० को गोल अन्तरले प्रदेश १ लाई हराएको हो । सुदूरपश्चिमका लागि खेलको १० औं मिनेटमा निलम जोशी र २६ औं मिनेटमा डम्बरा थापाले गोल गरेकी थिइन् । प्रतियोगितामा सात टिम सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर