सशस्त्रका चार एसपीको काज सरुवा

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना चार जना प्रहरी उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले असोज ३१ गतेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा काज सरुवा गरेका हुन् ।

सशस्त्रको नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय, ककनी नुवाकोटमा कार्यरत एसपी तीर्थराज पौडेललाई नम्बर ६ गण हेडक्वार्टर सप्तरीमा र साे गणमा कार्यरत एसपी प्रदीप खड्कालाई यूएन शान्ति स्थापना तालिम शिक्षालय, ककनीमा पुर्‍याइएको छ ।

त्यसैगरी एसपी रमेशविक्रम शाहीलाई सशस्त्रको मुख्यालयस्थित मानवस्रोत विभागबाट कैलालीस्थित नम्बर ७, वैद्यनाथ बाहिनी मुख्यालय लगिएको छ । अर्का एसपी डम्बरबहादुर विष्टलाई सशस्त्र प्रहरी जवान तालिम शिक्षालय, नौवस्ता बाँकेबाट नम्बर ४४ गण हेड क्वार्टर, दार्चुला पुुर्‍याइएको छ ।

हेराैं काज सरुवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *