सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार गर्ने तीन भारतीयसहित चार जना पक्राउ

सर्लाहीमा सहकारी संस्थाका कर्मचारीमाथि गोली प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तीन जना भारतका र एक जना नेपाली नागरिक छन्।

पक्राउ पर्नेहरूमा भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको वैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय शौरभ कुमार यादव, शिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसनकुमार सिंह र सर्लाहीको धनकौल गाउँपालिका–१ का ३२ वर्षीय डीजे भन्ने धीरेन्द्र सहनी रहेका छन्।

उनीहरूलाई बुधबार मध्यराति प्रहरीले पक्राउ गरेको हो। प्रक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोलीसमेत प्रहार गर्नुपरेको थियो ।

मंगलबार बिहान ११ः१५ बजे बागमती नगरपालिका–१ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि कार्यालयमा काम गरिरहेको अवस्थामा गोली थियो।

सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी विजय यादवका अनुसार भारतीय नम्बर प्लेटको नीलो रङको मोटरसाइकलमा सवार उनीहरूले कार्कीमाथि तीन राउण्ड गोली प्रहार गरेका थिए।

कार्कीको दाहिने पाखुरा, दाहिने कोखा, देब्रे कोखा र दाहिने तिघ्रामा गोली लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते कार्कीलाई हरिवनस्थित सरस्वती अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

गोली प्रहारपछि फरार रहेका उनीहरूको खोजीका लागि जिल्लाभरिका सबै प्रहरी इकाइहरूबाट प्रहरी टोली खटाइएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर