ओखलढुङ्गामा रामहरि ढुक्क, यज्ञराजलाई डर

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा कांग्रेसका उम्मेदवार रामहरि खतिवडाको जित हुने देखिएको छ ।

प्रतिनिधि सभातर्फ गठबन्धनका साझा उम्मेदवार कांग्रेसका खतिवडा र नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनेका यज्ञराज सुनुवारबीच मुख्य प्रतिस्पर्धा हुुँदैछ ।

२०७० र २०७४ को निर्वाचनमा विजयी एमालेका सुनुवार तेस्रो जितको दौडमा छन् ।

२०७४ को निर्वाचनमा एमालेका सुनुवारसँग पराजित भएका कांग्रेसका खतिवडा बदला लिने दाउमा हुनुहुन्छ । आसन्न निर्वाचनमा स्थानीय निर्वाचनमा कांग्रेससहित सत्ता गठबन्धनमा आबद्ध दललाई प्राप्त मतका आधारमा यसपटक भने खतिवडाले चुनाव जित्ने सम्भावना बढेर गएको छ ।

पाँच वर्षअघिको निर्वाचनमा नेकपा (माओवादी) र एमालेको वाम गठबन्धनबाट सुनुवार विजयी भएका थिए । सुनुवार र खतिवडा २०७० को दोस्रो संविधान सभा निर्वाचनमा ओखलढुङ्गा निर्वाचन –१ र २ बाट निर्वाचित भएका थिए । २०७४ देखि ओखलढुङ्गामा एकमात्र निर्वाचन क्षेत्र कायम भएको हो ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका तथा वडाका उम्मेदवारले प्राप्त गरेको मत परिणामलाई आधार मान्दा कांग्रेसका उम्मेदवार खतिवडा बलियो देखिन्छन् ।

स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूले प्राप्त गरेको मतअनुसार कांग्रेसले ३२ हजार २८८ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले २९ हजार ५९१, माओवादी केन्द्रले छ हजार ९६१, जनता समाजवादी पार्टीले दुई हजार १९४, एकीकृत समाजवादीले ५२१ र राप्रपा नेपालले १४६ मत पाएको थियो ।

सो मतअनुसार एमालेभन्दा गठबन्धन १० हजार बढी मतले अगाडि देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर