एभरेष्ट बैंकले मनायो २८औं वार्षिकोत्सव

एभरेष्ट बैंकले २८औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ। बैंकले प्रधान कार्यालयमा वृक्षरोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको हो।

बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकहरूका बीचमा सम्पन्न कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका १० जना कर्मचारीहरूलाई सम्मानसमेत गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल नेत्र ज्योती संघलाई डा. रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटामा रहने गरी आँखा जाँच्ने मेशिन खरिद गर्नका लागि ४ लाख ८० हजार २५० रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल नेत्र ज्योति संघका बोर्ड सदस्य द्रोण गुरगार्इंलाई चेक हस्तान्तरण गरेका छन्।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ धनकुटाका तर्फबाट रोशेस श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

बैंकले ललितपुरको टैखेलमा सोलार यात्रु प्रतिक्षालय निमार्ण गर्नका लागि गोदावरी नगरपालिका वडा नं. ३ सँग सम्झौता गरेको छ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र वडा कार्यालयको तर्फबाट अध्यक्ष सानुराजा घिमिरेले एक कार्यक्रमका बीच सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर