आमनिर्वाचन सुरक्षाका लागि ललितपुरमा तेह्र सय बढी म्यादी प्रहरी परिचालन गरिने

ललितपुर जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तेह्र सय आठ जना म्यादी प्रहरी परिचालन गरिने भएको छ ।

ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले सो जानकारी दिएका हुन् । उनका अनुसार हाल उनीहरूलाई तालिम दिने काम भइरहेको छ ।

ललितपुरका विभिन्न नौं स्थानमा उनीहरुरूको तालिमको व्यवस्था गरिएको छ । १० दिनको तालिमपछि उनीहरूलाई आवश्यकताअनुसार मतदान केन्द्रहरूमा परिचालन गरिने पनि जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । वरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले नियुक्त गरिएका म्याद प्रहरीहरूमध्ये ६०७ जना पुराना म्यादी प्रहरी रहेको बताए ।

सरकारले हरेक निर्वाचनमा सुरक्षाको आवश्यक व्यवस्था मिलाउन म्यादी प्रहरी परिचालन गर्दै आएको छ । पूर्वसुरक्षाकर्मी, पुराना म्यादी प्रहरीहरूलाई प्राथमिकता दिएर म्यादी प्रहरी छनोट गर्ने प्रावधान छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर