बेलायतकी प्रधानमन्त्री लिज ट्रसले डेढ महिनामै दिइन् राजीनामा

बेलायतकी प्रधान लिज ट्रसले पदबाट राजीनामा दिएकी छन्। पदमा नियुक्त भएको डेढ महिनामै उनले बिहीबार राजीनामा दिएकी हुन्।

उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विवाद बढ्दै गएपछि बेलायतस्थित कन्जर्भेटिभ पार्टीका सांसदले उनलाई राजीनामा दिन दबाब दिएका थिए।

यसअघि बुधबार राति बेलायतका गृह मन्त्री सुएला ब्रेवरम्याने पदबाट राजीनामा दिएका थिए।

उनको स्थानमा पूर्व परिवहन मन्त्री ग्रान्ट साप्सलाई उक्त जिम्मेवारी दिइएको थियो।

राजीनामापछि उनले प्रधानमन्त्री कार्यालयमा पत्रकार सम्मेलन गरेकी छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै आफू जुन म्यान्डेटसहित सरकारमा आएको त्यो पूरा नगरेपछि पद त्याग्ने निर्णयमा पुगेको बताएकी छन्।

उनले राजा चार्ल्ससँग भेटेर उनलाई राजीनामा दिइसकेको बताइन्। उनले अब कन्जर्भेटिम पार्टीको प्रमुखको जिम्मेवारीबाट पनि राजीनामा दिने बताइन्।

ट्रस बोरिस जोनसनको राजीनामापछि भारतीय मूलका ऋषि सुनाकलाई पराजित गर्दै प्रधानमन्त्री बनेकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर