निर्वाचनमा महिलाको सहभागिता कम भयो : ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले निर्वाचनमा महिलाको सहभागिता बढाउन जोड दिनुपर्ने बताएकी छन् ।

वाम–लोकतान्त्रिक गठबन्धन महिला परिचालन उपसमिति काठमाडौं क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवारसमेत रहेकी नेतृ घर्तीले यस्तो बताएकी हुन् ।

उनले महिलाहरू विभिन्न आन्दोलन र लडाईंका मोर्चाहरूमा अग्रपंक्तिमा रहेर काम गरे पनि अन्य क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व कम भएको गुनासो गरिन् । निर्वाचनमा पनि महिलाहरूको सहभागिता कम भएको र राजनीतिक पार्टीका नेतृत्वलाई आफूले महिला सहभागिताको लागि बढीभन्दा बढी उम्मेदवारी दिन आग्रह गरेको पनि बताइन् ।

नेतृ घर्तीले महिलाहरूको प्रतिनिधित्व, पहुँच र महिलाहरूलाई प्रेरणा दिनको लागि निर्वाचनमा उम्मेदवारी दिएको बताइन् । उनले आगामी ५ वर्षपछि महिलाहरू हरेक पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम र योग्य रहने पनि बताइन् । उनले आफूले देश र जनताको लागि काम गरेको उल्लेख गर्दै ५ वर्षपछि अन्य महिला नेतृहरू निर्वाचन र नेतृत्व सम्हाल्नका लागि सक्षम बन्ने बताइन् ।

उनले राज्यले महिलाहरूलाई नेतृत्वका लागि अवसर प्रदान गरे महिलाहरु नेतृत्व सम्हाल्न योग्य भएको पनि बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर