गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो : वेदुराम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए ।

उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भई आफू पराजित हुनुपरेको बताए । उनले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरूलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराई मत बदर हुनबाट रोक्नुपर्ने बताए ।

महासचिव भुसालले पुनः प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए । उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोस् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताए ।

महासचिव भुसालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई सबै जनताले जिताउन आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर