नवौं राष्ट्रिय खेलकुदमा आर्मी च्याम्पियन, सशस्त्र दोस्रो, पुलिस तेस्रो

विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९ मा प्रथम भएको छ। ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मी १ सय ७२ स्वर्ण पदकसहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गर्न सफल भएको हो।

आर्मीले १ सय ७२ स्वर्ण,१ सय ९ रजत, ८९ कास्य गरी ३ सय ७० जितेर पहिलोपल्ट निर्माण गरिएको रनिङ ट्रफी प्राप्त गर्‍यो। आर्मीले यसअघिका सातौं र आठौं संस्करणको उपाधिसमेत जितेको थियो।

६४ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २ सय १८ पदकसहित सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो, ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी १ सय ९५ पदक सहित नेपाल प्रहरी क्लब तेस्रो भएको छ।

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौथो तथा प्रदेशहरूमध्ये पहिलो हुन सफल भयो। बागमती प्रदेशलाई पछि पार्दै गण्डकी ३२ स्वर्ण, ३१ रजत ५७ कास्य गरी १ सय २० पदक जितेर चौथो भयो। बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी १ सय ४५ पदक जितेर पाचौं स्थान हासिल गर्‍यो।

प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदक जितेर छैटौं भयो। १० स्वर्ण, १० रजत र ४३ कास्य पदकसहित सुदूरपश्चिम प्रदेश सातौं, एनआरएनए १० स्वर्ण, ९ रजत ७ कास्य पदकसहित आठौं, ६ स्वर्ण, २२ रजत र ४० कास्य पदकसहित लुम्बिनी प्रदेश नवौं स्थानमा रहे।  मधेस प्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौैं स्थानमा रहे। मधेस प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य पदक जिते।

शुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिस्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २/२ स्वर्ण पदक र स्क्वास र सफ टेनिसमा १/१ स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए।

गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर