सशस्त्र प्रहरी नियमावलीमा दोस्रो संशोधन, अब वरिष्ठ सई नभए सईबाटै बढुवा

सशस्त्र प्रहरी बल, नेपालले नियमावलीमा संशोधन गर्दै इन्स्पेक्टर बढुवामा वरिष्ठ सईबाट बढुवा हुने प्रावधान हटाएको छ।  गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावलीमा दोस्रो संशोधन गरेको हो।

सशस्त्र प्रहरी ऐन, २०५८ को दफा ३५ ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयले सशस्त्र प्रहरी नियमावली, २०७२ लाई संशोधन गरेको हो। नियमवली संशोधनको सूचना असार २३ गतेको राजपत्रमा प्रकाशित छ। संशोधित नियमावलीअनुसार बढुवाका लागि केही प्रावधान फेरिएका छन्।

सशस्त्र प्रहरी सेवाको पदमा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तहमुनिको पदमा राजपत्राङ्कित पदमा बढुवाका लागि तीन वर्ष र राजपत्रअनङ्कित पदमा बढुवाका लागि चार वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने छ। यो नियमावलीको नियम ४० गरिएको संशोधन हो। नियमावलीको उपनयिम (१) को सट्टा यो उपनियम राखिएको हो।

यस्तै उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा गर्दा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक पदबाट मात्र पदपूर्ति हुन नसक्ने अवस्था भएमा सशस्त्र प्रहरी नायब निरीक्षक पदमा ६ वर्ष सेवा अवधि पूरा भएको सशस्त्र प्रहरी कर्मचारीलाई समेत सम्भाव्य उम्मेदवार कायम गरिने भएको छ।

यसरी सशस्त्र प्रहरी नायब निरीक्षकलाई समेत उम्मेदवार कायम गर्नुपर्ने भएमा सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षकमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीले सशस्त्र प्रहरी नायब निरीक्षक पदमा गरेको सेवा अवधिलाई समेत गणना गरिने भएको छ। नियमावलीको उपनियम (१) पछि उपनयिम (१क) थप गर्दै यस्तो व्यवस्था गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर