हिमालयन रिइन्स्योरेन्सको साधारण सभा : सञ्चालकको पारिश्रमिक र भत्ता निर्धारण

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त साधारण सभा काठमाडौं ठमेलस्थित होटल अलफ्टमा शुक्रबार सम्पन्न भएको हो ।

सभाले सामान्य प्रस्तावअन्तर्गत अध्यक्षको गत आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनउपर छलफल गरी सो प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका विवरणहरूउपर छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी सोही सभाले साधारण प्रस्तावअन्तर्गत चालू आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षकको नियुक्ति तथा सञ्चालकको पारिश्रमिक तथा भत्तासमेत निर्धारण गरेको छ ।

कम्पनीको साधारण सभाले विशेष प्रस्तावअन्तर्गत प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सोअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णयसमेत सर्वसम्मतिले पारित गरेको छ ।

साधारण सभाको अवसर पारेर कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले कम्पनीले स्थापनाको दोस्रो वर्षमा नै अद्वितीय उपलब्धि हासिल गर्न सफल भएकोेमा कम्पनीका व्यवस्थापन तहलगायत अन्य सम्पूर्ण कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर