प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरूसँग साठगाँठ गरिरहेको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्नका लागि गठबन्धन बनेको बताएका छन् ।

शुक्रबार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयतालगायतको परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताएका हुन् ।

उनले आफूहरू लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताए । उनले पवित्र उद्देश्यले गठबन्धन बनाइएको उल्लेख गरे ।

अध्यक्ष नेपालले प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरूसँग साठगाँठ गरिरहेको बताए । प्रतिपक्षी गठबन्धनलाई जनतालाई दिइएको अधिकार र लोकतन्त्र मन नपरेको भन्दै उनले अधिनायकवादी चिन्तन र एकाधिकारको वकालत गर्ने गरेको बताए ।

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धन जनताप्रति जिम्मेवारी बोधका साथ अगाडि बढेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर