पाहुनाहरूको गोप्य भिडियो रेकर्ड गर्ने लजका म्यानेजर पक्राउ

नेपाल प्रहरीले लजको कोठाभित्र गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले असोज २ गते काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा अश्लिल भिडियो रेकर्ड गर्ने क्याफेका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गेष्ट हाउसमा बस्ने विभिन्न व्यक्तिको अश्लिल भिडियो रेकर्ड गरेकाले मालीलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ व्यक्तिले रेकर्ड गरेको भिडियोसहित आइफोन १२ प्रो म्याक्स मोबाइलसमेत बरामद गरेको छ ।

पक्राउ परेका मालीलाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर