आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई सफल बनाउनुको विकल्प छैन : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनलाई सफल बनाउनुको विकल्प नरहेको दाबी गरेका छन् ।

सत्तारूढ प्रमुख घटक नेपाली काग्रेसका नेतासमेत रहेका गृहमन्त्री खाणले मुलुकको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर पनि आम मतदाताले सत्तारूढ गठबन्धनलाई आगामी निर्वाचनमा सफल बनाउनुपर्ने बताए ।

शुक्रबार बुटवलमा आयोजित सत्तारूढ गठबन्धनको कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार गृहमन्त्री खाणले आगामी निर्वाचनमा पनि आफूहरूको पक्षमा मतदान गर्न लुम्बिनी प्रदेशका मतदातालाई आह्वान गरे । लुम्बिनी प्रदेशका जनताको चाहना विकास, शान्ति र समृद्धि भएको उल्लेख गर्दे उनले निर्वाचनमा सत्तारूढ दलहरू विजयी भए जनताको सो चाहना पूरा हुने आश्वासन दिए ।

गृहमन्त्री खाणले लोकतान्त्रिक–बाम गठबन्धनबाट मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन भएको स्मरण गराउँदै जनताको समृद्धिको चाहनालाई पूरा गर्न पनि सो गठबन्धन सफल हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर