चाडपर्वको सिजनमै बजारमा सुनचाँदीको अभाव

विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरे पनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ ।

तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् । उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबार चलायमान हुने समयमा बजारमा सुनचाँदीको अभाव भएकाले व्यवसायीहरु मारमा रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष शाक्यले बजारमा सुनचाँदीका गहरगहना बनाउने कच्चा पदार्थ अभाव रहेकाले ग्राहकहरुको माग अनुसार बजारमा सुनचाँदी दिनसक्ने अवस्था नभएको बताए ।

उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमि भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरु मारमा परेको गुनासो गर्नुभयो । अध्यक्ष शाक्यले तिहारको विशेष गरेर धनतेरसको दिन ५० केजीसम्म सुनका गहनाहरु बिक्री हुने बताए ।

अध्यक्ष शाक्यले दशैंपछि दैनिक ३० देखि ३५ केजीको हाराहारीमा सुनको कारोबार भइरहेको बताए । उनले धनतेरसको दिन ४० देखि ५० केजीसम्म सुनको कारोबार हुने विश्वास रहेको जनाए । शाक्यले सुनको आपूर्ति गर्नमा समस्या भएका कारण यसको आपूर्ति बढाउन सरकारसँग माग राखे पनि चासो नदिएको गुनासो गरे । अध्यक्ष शाक्यले सरकारले तत्काल सुनचाँदी आयातमा गरिएको कोटा कटौती नबढाए बजारमा विकृति बढ्ने बताए ।

‘चाडपर्वहरु एकपछि अर्को आएता पनि सुनचाँदीको कारोबार बढ्ने समयमा व्यवसायीहरु मारमा रहेका छन् । सुनचाँदीका गरहगहना बनाउने कच्चा पदार्थको अभाव भइरहेको छ । सरकारले विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै गत वैशाखदेखि सुन आयातमा कटौती गरेको छ । पहिला २० देखि २५ केजी सुन आयात भइरहेको थियो । अहिले १० केजी सुन मात्रै आयात भइरहेको छ । तिजपछि सुनचाँदी बजारमा चहलपहल बढ्ने गर्छ । विभिन्न धार्मिक परम्परागत अनुसार नेपालमा सुनचाँदीको ठूलो महत्व रहेको छ । तिहारमा नेपालीहरुको आफ्नो गक्ष अनुसार सुन चाँदीका गहना र धातुका भाडाहरु किन्ने गर्छन् । अहिले मुलुक भर दैनिक ३५ केजी सुनको माग रहेको छ । तर दैनिक १० किलो मात्रै आयात भइरहेको छ । चाडपर्वमा ग्राहकहरुको मागलाई पूर्ति गर्नको लागि बजारमा सुनको अभाव भएर व्यवसायीहरु मारमा परेका छन् । सरकारले तत्कालै सुन आयातको कोटा बनाउन सकेन भने बजारमा सुनको तस्करी बढ्ने, बजारलाई विकृतितिर लैजाने देखिन्छ,’ उनले भने ।

अध्यक्ष शाक्ले धार्मिक परम्परागत रुपमा मानिसहरुले आफूलाई धनको कमी नहोस् भनेर तिहारको पहिलो दिन धनतेरसको दिन सुनचाँदीका गहरगहना राखेर लक्ष्मीको पुजा गर्ने प्रचलन रहेको बताए । उनले धार्मिक आस्था अनुसार मानिसहरुको धनको रुपमा सुन,च ाँदीका विभिन्न सामग्रीहरुको बिक्री गर्ने र विशेष गरेर धनतेरसको दिन किन्दा वर्षभर नै धनको कमी नहुने र घरमा लक्ष्मीको वास स्थिर हुने विश्वास रहेको बताए ।

उनले धनधान्यकी देवी लक्ष्मी मातालाई सेतो धातु मनपर्ने भएकाले विशेष गरेर यो दिन धनतेरसको दिन सुनभन्दा चाँदीमा बढी बिक्री हुने जनाए । उनले अहिले दैनिक २ सयदेखि ३ सय किलासम्म चाँदीको कारोबार भइरहेको बताउँदै १ हजार किलोसम्म कारोबार हुने बताए । उनले यस वर्ष विगतको तुलनामा कारोबार भने कम हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर