बोलिभियाकी युवतीलाई नेपाल ल्याएर बन्धक बनाएको आरोपमा ग्वाटेमालाका वृद्ध पक्राउ

बोलिभियाकी एक युवतीलाई नेपाल ल्याएर बन्धक बनाएको आरोपमा ग्वाटेमालाका एक वृद्ध पुरुष पक्राउ परेका छन्।

बोलिभियन युवती २३ वर्षीया क्राओलिना जुलिया बस्टिलो अल्माल्जालाई नेपाल ल्याई शारीरिक यातना दिँदै बन्धक बनाएर राखेको आरोपमा प्रहरीले ग्वाटेमालाका ७३ वर्षीय वृद्ध पुरुष ग्यारी ली मुन्रो बार्नीलाई शनिबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार बार्नीले अल्माल्जालाई काठमाडौंको माछापोखरीस्थित आफू बस्ने कोठामा बन्धक बनाएर राखेका थिए।

काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल पछाडि बार्नीले अल्माल्जालाई बन्धक बनाएर राखेको भन्दै पीडित युवतीको उद्धारका लागि भारतस्थित गणतन्त्र पेरुको दूतावासले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई पत्र लेखेको थियो।

प्रहरीलाई उक्त पत्र प्राप्त भएपछि पीडित युवतीको खोजतलास गर्ने क्रममा माछापोखरीस्थित बार्नीको कोठामा फेला पारेर उद्धार गरिएको काठमाडौं प्रहरीले जनाएको छ।

बार्नीलाई पक्राउ गरी प्रहरी वृत्त बालाजुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर