देशलाई संकटतिर धकेल्न राष्ट्रवादको मखुन्डोमा छद्मभेषी राजनीति भइरहेको छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित सत्तारूढ गठबन्धनको बागमती प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले देशलाई सुशासन दिनका लागि गठबन्धन गरिएको बताएका हुन् ।

उनले गठबन्धनको एजेण्डा सुशासन भएको उल्लेख गरे । देशलाई आज सुशासन चाहिएको भन्दै उनले आफूहरू सुशासनको पक्षमा उभिएको बताए । उनले देशमा सुशासन दिने नैतिक शक्ति भएका मानिसहरू गठबन्धनमा आबद्ध भएको बताए । वरिष्ठ नेता पौडेलले गठबन्धनको एजेण्डा लोकतन्त्र र दिगो शान्ति भएको पनि स्पष्ट पारे ।

पाँच दलीय गठबन्धनको केन्द्रीय निर्वाचन परिचालन समितिको संयोजकसमेत रहेका वरिष्ठ नेता पौडेलले निर्वाचनका लागि देशमा दुईवटा गठबन्धन बनेको बताए । उनले बाख्रा बाख्रासित र भेडा भेडासित भने झैं जनताको पक्ष चाहनेहरू एकातिर र प्रतिगमन चाहनेहरू अर्कोतिर भएको टिप्पणी गरे ।

पौडेलले गठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउनका लागि एक भएर लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए । देशलाई संकटतर्फ धकेल्न राष्ट्रवादको मखुन्डोमा छद्मभेषी राजनीति भइरहेको भन्दै उनले देशलाई जोगाउनका लागि आपसी सहकार्य गर्नुपर्ने बताए । उनले माओवादीको चुनाव चिह्न हँसिया हतौडासँग नझस्किन र नतर्सिन पनि आग्रह गरे । हँसिया हतौडामा लोकतन्त्रको घेरा लागेको भन्दै उनले त्यसमा मतदान गर्न निर्देशन दिए ।

उनले विस्तृत शान्ति सम्झौता गरेदेखि नै शान्ति, लोकतन्त्र र गणतन्त्रको पक्षमा आफूहरू एकजुट भएको र एउटै विचार लिएर अगाडि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर