राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु छन्, क्रान्ति सफल बनाउन कमजोर : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हरेक १५ वर्षपछि जनतामा नैराश्यता आउनुमा राजनीतिक नेतृत्व नै दोषी रहेको बताएका छन् ।

हरेक सफल क्रान्तिपछिका १०/१५ वर्षको बीचमा जनतामा नैराश्यता आउनुमा जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन र उनीहरूलाई सुशासनको प्रत्याभूति दिन नसक्नु प्रमुख कारण रहेको बताए ।

अध्यक्ष दाहालले राजनीतिक आन्दोलनले देशमा ठूला परिवर्तन ल्याएको भन्दै राजनीतिक दलहरूले जनताका एजेण्डालाई प्रमुख बनाउन नसक्दा सुशासन कायम हुन नसकेको बताए । उनले ठूला परिवर्तन भएको १०/१५ वर्षपछि राजनीतिक परिवर्तन र राजनीतिक एजेण्डाहरू बिस्तारै कमजोर हुँदै जाने खतरा देखापर्दै आएको उल्लेख गरे ।

अध्यक्ष दाहालले अहिले पनि एकथरी मानिसहरू राजनीतिक दल र नेताहरूलाई गाली गर्दै आइरहेको भन्दै उनीहरू देशलाई पुनः अन्धकारको सुरुङतिर लैजान लागिपरेको बताए । उनले राजनीतिक परिवर्तनसँगै आर्थिक क्रान्ति, आर्थिक परिवर्तन एवं सुशसाको प्रत्याभूति जनतालाई दिलाउन नसक्नुले देश अस्थिरतामा गइरहेको जिकिर गरे ।

उनले राजनीतिक नेतृत्व क्रान्ति गर्न सिपालु भए पनि जनतालाई त्यसमा समावेश गरी क्रान्तिलाई सफल बनाउने कुरामा कमजोर रहेको बताए ।

अध्यक्ष दाहालले अहिलेको गठबन्धनले संविधानको रक्षा, स्थिरता र समृद्धि चाहेको बताए । उनले स्थिरता र समृद्धिबिना संविधानको रक्षा हुन नसक्ने पनि जिकिर गरे । उनले देशमा सुशासन कायम गर्न कर्मचारीतन्त्रमा सुधार गरी अघि बढ्न आवश्यक रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *