माधव नेपालको दाबी, ‘ओली पनि हिटलरजस्तै पतन भएर जान्छन्’

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओली पतन भएर जाने दाबी गरेका छन् । ओलीलाई हिटलरसँग तुलना गर्दै अध्यक्ष नेपालले उनी पनि पतन भएर जाने बताएका हुन् ।

सोमबार सत्तारूढ गठबन्धनले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा बोल्दै उनले ओली र ओली नेतृत्वको गठबन्धनलाई प्रतिमगनकारी, देशघातीको संज्ञा दिँदै आफ्ना साझा उम्मेदवारलाई विजयी गराउनका लागि एकताबद्ध हुन सत्तारूढ गठबन्धनका नेताहरूलाई आग्रह गरे ।

संविधानलाई धुजाधुजा पार्ने, गणतन्त्रलाई नै समाप्त पार्ने ओली प्रवृत्तिलाई समाप्त पार्न पनि सत्तारूढ गठबन्धनले एकताबद्ध भएर आगामी निर्वाचनमा विजय हासिल गर्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो । अध्यक्ष नेपालले ओलीले संविधान, कानूनसमेत कुल्चने काम गरेकाले त्यसलाई जोगाउनका लागि सत्तारूढ गठबन्धन बनेको र त्यसलाई कायमै राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

अध्यक्ष नेपालले ओली नेतृत्वको विपक्षी गठबन्धनले जनतालाई ठग्ने काम मात्रै गरिरहेको आरोप लगाए । उनले ओली नेतृत्वको सरकारले मुलुकलाई भ्रष्टाचारमा चुर्लम्म डुबाएको उल्लेख गर्दै त्यस्ता खालका गतिविधि गर्नेलाई राष्ट्रियताको हिमायती भन्न नसकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर