सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप गर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको हस्तक्षेप नगर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामा नै जनताले आवधिक निर्वाचनमार्फत आफ्नो जनप्रतिनिधि छान्न पाउने भएकाले सरकार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउने काममा प्रतिबद्ध रहेको बताइन् ।

नेपाल प्रेस युनियनले तिहारलगायतका चाडपर्वको अवसर पारेर सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रतामार्फत जनताको अधिकारलाई स्थापित गराउन पनि सरकार लागि परेको बताए । प्रधानमन्त्री देउवाले जनताको अधिकार सुरक्षित हुने काममा कुन पार्टीले बढि काम गरेको छ भन्ने कुराबारे सञ्चार क्षेत्रले जानकारी गराउनुपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले जनता देशको मालिक भएकाले उनीहरूले गर्ने निर्णयको आधारमा सरकार र राजनीतिक दलहरू चल्नुपर्ने स्पष्ट पारे । प्रधानमन्त्री देउवाले प्रेसले पनि जनतालाई सुसूचित गराउने, जागरण ल्याउने काममा सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर