सर्वोच्च अदालत तिहार र छठमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म खुल्ने

सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ ।

सर्वोच्च अदालत १३ गतेसम्म पूर्ण रूपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक अन्य दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि खुल्ला हुने अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

न्याय प्रशासन ऐन, २०७३ मा बिदाको दिनमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्ने व्यवस्था रहेको छ । अदालत पूर्ण रूपमा भने तिहार र छठपछि मात्र खुल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर